भरतपुरमा बसिरहेका छौं
हामी चितवनको भरतपुरमा बसिरहेका छौं । दिदी चितवन मेडिकल कलेजमा काम गर्नुहुन्छ । मेडिकल कलेजकै नजिकमा हाम्रो फ्ल्याट छ । दुई कोठा सहितको फ्ल्याटमा किचन छुट्टै छ र दिदी सुत्ने कोठामा एटेच बाथरुम छ भने मेरो लागि किचनको छेउमा अर्को बाथरुम छ । जसलाई हामीकहाँ आउने पाहुनाले पनि प्रयोग गर्छन् । किचनको ठिक अगाडी सानो खुला बरण्डा छ, जसमा हामी फुर्सदको समयमा चिया खाँदै पारिवारिक गफगाफ गर्छौं साथमा टाइमपास पनि । म अक्सफोर्ड कलेजमा बिसिए अन्तिम सेमेष्टरमा पढ्दैछु ।

मेरो कोठामा डेस्कटप कम्प्युटर छ भने दिदीसँग १४” को ल्यापटप र २२” को टि.भी. । एडिएसलको सस्तो ईन्टरनेट कनेक्सनमा म आफ्नो पढाईसँग सम्बन्धित काम गर्छु भने दिदी प्राय ड्युटी सकेर आएपछी खाली समयमा फेसबुकमा रमाउनुहुन्छ । घरमा दिदीको कुरा चलेपनि दिदीले नर्सिङ्गमा मास्टर्स गरपछी मात्रै बिहे गर्ने भनेर रोकिरहनुभएको थियो । मलाई थाहा भएअनुसार दिदीको एउटा ब्वाईफ्रेण्ड थियो । सोहि मेडिकल कलेजको डाक्टर तर मैले त्यो डाक्टरलाई भेटेको र देखेको थिईन ।
दिदीले घरमा बस्दा कहिलेपनि मोबाईल प्रयोग गरेको मलाई थाहा छैन । हाम्रो फ्ल्याटमा छिर्नको लागि भर्र्याङ सँगै च्यानल गेट थियो र चाबी हामी छुट्टाछुट्टै लिएका हुन्थ्यौं । दिदीको हप्तामा दुईदिन नाइट ड्युटी पर्दथ्यो भने दुई दिन मर्निङ ड्युटी र दुई दिन डे ड्युटी । दिदीको हप्ताको एक दिन विदा त हुन्थ्यो तर कुन दिन भन्ने ठेगान हुन्थेन । त्यसकारण बेलुका चार दिन दिदी र म अलि बढी सँगै बस्न पाउँथ्यौं । दिदी नाइट ड्युटीमा जाँदा प्राय: बिहानको चार-सवा चारबजे छुट्टी हुन्थ्यो भने म बिहानै सात बजे कलेज जान्थे । दिदी ड्युटीमा जाँदा लोडसेडिङको बेलामा म दिदीको ल्यापटप चलाउने गर्दथें । दिदी र म फेसबुकमा पनि एकापसमा आबद्व थियौं ।
लाईक गर्ने बाहेक हाम्रो अरु कुनै कुरा फेसबुकमा हुँदैनँँथ्यो । समग्रमा भन्दा हामी दिदी-भाई एकै ठाँउमा बसेपनि त्यति खुलेर बोल्ने वातावरण अथवा समय रहँदैनथ्यो । कोठामा दिदी नहुँदा मैले खाना बनाउँथेँँ भने म नहुँदा दिदीले, तर दिदीको बिहान ड्युटी पर्दा भने हामी दुवैले बाहिर खाना खान्थ्यौं ।
म दिदीको कोठामा प्राय: छिर्दैनथें भने दिदी पनि सफा गर्ने बेलामा बाहेक अरु बेलामा मेरो कोठामा छिर्दैनथी । पछिल्लो समय मैले दिदीको अनुहारमा त्यति चमक देखेको थिईन । अलि बढी गुमसुम भएर बसेको मैले अनुमान लगाएको थिएँँ । सायद दिदीको ब्वाईफ्रेण्डसँग खटपट परेको हुनसक्थ्यो नभए चाही ठूलै समस्या परेको हुनसक्थ्यो । आजसम्म दिदी र मैले आफ्नो व्यक्तिगत समस्याहरु एकार्कामा बाँडेका पनि थिएनौँँ जसले गर्दा मैले त्यति धेरै चासो राख्दा पनि दिदीले के सोच्ली जस्तो लाग्थ्यो ।
शुक्रबारको दिन थियो, दिदीको नाइट ड्युटी परेको थियो । त्यसैले खाना खाइवरी दिदी ड्युटीमा जाने तयारी गर्दैथिई । दिदी जानै लाग्दा मैले आठ बजेबाट लोडसेडिङ छ भनेर ल्यापटप मागेँँ । मेरो आसाईनमेन्ट आईतबार बुझाउनुपर्ने पनि थियो । अनि एक्लै टाईमपास पनि हुन्थ्यो । निस्कने बेला भएकोले होला दिदीले “कोठामा छ निकालेर चलाई !” भन्दै बाहिर गई । दिदी बाहिर निस्केपछी, मैले दिदीको आदेश अनुसार दिदीको कोठामा छिरेर ल्यापटप निकालेँँ । दिदीको कोठामा अन्य दिनभन्दा फरक दृष्य मैले पाएँँ । दिदीका कपडाहरु यत्रतत्र छरिएका थिए, किताबहरु पनि जहाँतहीँँ नमिलाईकन राखिएको थियो । मलाई थाहा भएसम्म दिदी अति नै सफा र कोठा मिलाएर राख्ने थिई । यसपटक दिदीलाई साह्रै नै बिरक्त हुनेगरि घटना घटेको छ भन्ने मैले फिल गरे । त्यो भन्दा बाहेक मैले के नै गर्न सक्थें र ? दिदीको को
Comments
Post a Comment